ल्हासा
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटाला बीच शुक्रबार भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डल र तिब्बत सरकारका अध्यक्ष बीच इन्टरकन्टिनेन्टल कन्फेरेन्स सेन्टरमा हिजो भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष रहेको बताउँदै आगामी दिनमा नयाँ आधारमा सम्बन्धलाई अघि बढाउनु पर्ने जोड दिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सि चीन फिङ र प्रधानमन्त्री लि खछ्याङसँग भएको भेटवार्ता र सहमतिका आधारमा नेपाल र चीनबीचको सम्बन्ध थप नयाँ उचाइमा पुगेको र तिब्बत सरकारसँगको सम्बन्ध समेत थप प्रगाढ बनेकामा खुशी व्यक्त गरेका थिए । ऐतिहासिक काल देखि नै नेपाल तिब्बत सम्बन्ध रहेको भन्दै बदलिँदो अवस्थामा त्यसलाई अझ फराकिलो र मैत्रीपूर्ण बनाउँदै सहयोगका विविध आयाममा समेत एक अर्का पक्षले जोड दिँदै कार्यान्वयनमा लैजान उनले आग्रह गरे ।
तिब्बत सरकारका अध्यक्ष छिटालाले नेपाल र तिब्बतबीचको सम्बन्ध आगामी दिनमा अझ समृद्ध बन्ने विश्वास व्यक्त गरेका थिए । तिब्बत सरकारका तर्फबाट नेपाललाई सधैँ सहयोग रहनेछ भन्दै छिटालाले आपसी हित र चासोका विषयलाई सम्बोधन गर्दै जाने विश्वास दिलाएका थिए । सो अवसरमा चीनको ‘एक क्षेत्र, एक मार्ग’ लाई सघन कार्यान्वयनका लागि हिमाली सीमापार बहुआयामिक सम्पर्क सञ्जालको कार्य ढाँचा अन्तर्गत सडक, रेल, हवाई र सञ्चार सम्पर्कलाई व्यापक बनाउन दुई देश सहमत भएको विषय संयुक्त वक्तव्यमा समेत आएको छ भन्दै प्रधानमन्त्री ओली र अध्यक्ष छिटाला कार्यान्वयनका लागि दुवै पक्ष मिलेर अगाडि बढ्न सहमत भएका छन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया