संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को कालोसूचीबाट नेपाल हटेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री अधिकारीले नेपालले आइकाओको उडान सुरक्षामापदण्ड पूरा गरेको प्रमाणपत्र पनि प्राप्त गरिसकेको जानकारी दिए।
उनले सन् २०१३ मा आइकाओले उडान सुरक्षा मापदण्ड नपुगेको भन्दै नेपाललाई गम्भीर सुरक्षा चासोको मुलुकको सूचीमा राखेको थियो । आइकाओको उडान सुरक्षाको मापदण्ड विश्व सरदर ६० प्रतिशतको तुलनामा नेपालको ६६ दशमलव ८ प्रतिशत पुगेको छ।
सुरक्षा मापदण्ड पूरा गरेकाले नेपालले अन्तराष्ट्रिय नागरिक उड्डन आइकाओ काउन्सिल प्रेसिडेन्ट अवार्ड पाएको पनि मन्त्री अधिकारीले जानकारी दिए। उनले ३ महिनाभित्र युरोपियन युनियनको सूचीबाट पनि हट्ने बताए ।





























प्रतिक्रिया