तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणअनुसन्धानका क्रममा व्यवसायी अकबर शाह पक्राउ परेका छन् । सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग सम्पर्कमा रहेको खुलेपछि शाहलाई नियन्त्रणमा लिईएको बताइएको छ । रेस्टुरेन्ट व्यवसायीले शाहलाई सरकारले गठन गरेको छानबिन समितिले बिहीबार नियन्त्रणमा लिएको हो ।
न्युरोडस्थायी घर भएका अकवर नकवुल शाहका छोरा हुन् । ललितपुरको लबिम मलमा रेष्टुरेन्ट सञ्चालन गरिरहेका शाह अवैध सुन तस्करीका लगानीकर्ता भएको बताइएको छ । समिती स्रोतका अनुसार ठेकेदार मकबुल शाहका छोरा अकबरको दुबईमा रहेका माफियासँग सम्पर्क देखिएको छ।
अकबर गोली हानी हत्या गरिएका सञ्चार उद्दमी जमिम शाहका भतिजा हुन् । प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न नरहेको बयान दिएको बताएका छन् ।
इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो काठमाडौंमार्फत असार ४ मा इन्टरपोल मुख्यालयले सुन तस्करीका मुख्य नाइके एमके, चूडामणि उप्रेती गोरेका भाइ रमेश उप्रेती, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड नोटिस जारी गरेको थियो ।





























प्रतिक्रिया