वीर अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन ३१ औं दिनपछि जारी

वीर अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन ३१ औं दिनपछि जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ३१ औं दिन पछि जारी रहेको छ । कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाइ आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनु पर्ने माग राख्दै आएका स्वास्थ्यकर्मीहरुले ३१ औं दिनमा आन्दोलन जारी राखेका हुन् ।

कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोबल गिराउने काम सरकारले गरेको उनीहरुको आरोप छ । आफुहरुले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनु पर्ने लगायतका माग राख्दै कात्तिक २ गतेबाट सुरु भएको आन्दोलन ३१ औं दिनमा पनि जारी रहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए ।

 

आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुले सरकारले तोकेको सेवा सुविधा समेत पदाधिकारीहरुले नदिने गरेको आरोप लगाउँदै आएका छन् । वीर अस्पतालका एक कर्मचारी कल्पना ढुंगेलले कर्मचारीहरुले पाउनु पर्ने तलब भत्ता पदाधिकारीहरुले खाइरहेको आरोप लगाए ।

चिकित्सकहरुले विरामीहरुको उपचारसँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडि बढाएको छ । आफ्ना माग पुरा नभए बिहीबार थप कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् ।

Logo