काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रहरीले दुई महिनाको अवधिमा ७ सय थान सुर्तीजन्य पदार्थ बरामद गरेको छ । मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे कर्मचारीकै उदासीनताका कारण घोषणा कार्यान्वयनमा समस्या भइरहेको छ ।
मन्त्रालयले १६ वैशाख ०७४ बाट मन्त्रालय हाताभित्र सुर्तीजन्य पदार्थ निषेध गरेको थियो । त्यसयता मन्त्रालय परिसरमा प्रत्येक दिन दुईजना प्रहरीले खानतलास गर्दै आएका छन् । मन्त्रालयमा कार्यरत प्रहरी हवल्दार चन्द्र हमालले भने, ‘हामीले मन्त्रालयका कर्मचारी तथा मन्त्रालयमा सेवा लिन आउने सर्वसाधारणको शरीर खानतलासी गरी सो परिणामको सुर्तीजन्य पदार्थ बरामद गरेका हौँ ।’ प्रहरीले मन्त्रालय परिसरमा सुर्ती, चुरोट र गुट्खा लैजान रोक लगाएको छ ।
बरामद भएका सुर्तीजन्य पदार्थ मध्ये सबैभन्दा बढी सुर्ती छ । ४ सय ७० प्याकेट सुर्ती, १ सय ७४ प्याकेट गुट्खा र १ सय ३० वटा चुरोट बरामद भएको सुरक्षा प्रमुख हमालले बताए । उनका अनुसार सुरुका दिनमा मन्त्रालयकै कर्मचारीहरूबाट पनि प्रशस्त सुर्तीजन्य पदार्थ बरामद भएको थियो । तर अहिले मन्त्रालय र माताहतका कर्मचारीले बोक्न छोडेका छन् । हमालका अनुसार पछिल्लो समय मन्त्रालयमा सुर्तीजन्य पदार्थ बोकेर आउनेको संख्यामा कमी हुँदै गएको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया