मेक्सिको टिमको बिदाई पार्टीमा रंगरंगीला

मेक्सिको टिमको बिदाई पार्टीमा रंगरंगीला

केन्द्रबिन्दु
0
Shares

रसियामा अयोजना हुने विश्वकप प्रतियोगिताको विदाईमा आयोजना भएको पार्टीमा मेक्सिकोका खेलाडीले यौनकर्मीहरुसंग रात भर रंगरंगीला गरेर बिताएका छन् ।

मेक्सिकोको एक पत्रिकाका अनुसार उक्त पार्टीमा खेलाडीहरुले ३० जना यौनकर्मीहरुलाई सहभागि गरेका थिए भनिएको छ । उक्त पार्टीमा मेक्सिकोको विश्वकप फुटबल टिमका ९ जना खेलाडीहरु रहेका र उनीहरुले एक नीजि भवनमा आयोजना भएको पार्टीमा रंगरंगीला गरेको जनाईएको छ । उक्त कार्यक्रमका केही तस्विरहरु पत्रपत्रिकामा प्रकाशित भएपछि मेक्सिको फुटबल टिममा हंगमा मच्चिएको थियो ।

यौनकर्मीहरुसंग रंगरंगीला गरेको समाचार प्रकाशित भएपनि मेक्सिको फुटबल संघले ति खेलाडीहरुलाई कुनै किसिमको कार्वाही भने नगर्ने जनाएको छ । खेलाडीहरुको काम भनेको अनुशासनमा रहेर खेल्ने हो । उनीहरु नियमित रुपमा अभ्यास गरिरहेका छन् । पार्टीमा उनीहरुलाई बोलाएपछि उनीहरुले रमाईलो नगरे कसले गर्ने ? यो कुरा सामान्य रहेको फुटबल एसोसिएसनका महासचिव गुइलेर्मो कांटुले बताए । खाली समयमा फुटबल एसोसिएसनले खेलाडीहरुलाई रमाईलो गर्नलाई छुट दिने गरेकै कारण उनीहरु स्वतन्त्र भएका हुन् ।

उक्त पार्टीमा मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचोआ, स्ट्राइकर राउ जिमेनेज पनि रहेको जनाईएको छ । तर सन् २०१० को विश्वकपमा खेल्ने मेक्सिकोका खेलाडीहरुले महिलाहरुलाई भेला गराएर पार्टीको आयोजना गर्दा उनीहरुलाई फुटबल संघ जरिवना र प्रतिबन्ध समेत लगाएको थियो ।

Logo