मोटरसाइल दुर्घटनामा परी घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका ४० वर्षीय उत्तमसिंह धानुकको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर–२ वाणीमा मोटरसाइकल दुर्घटनामा परी धानुक सोमबार घाइते भएका थिए ।
धानुकलाई तत्कालै उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएका छन् । सोमबार दिउँसो वाणीमा म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा उनी घाइते भएका थिए ।
उनीसँगै दुर्घटनामा प्रहरी सहायक निरीक्षक धीरबहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धानुक र २१ वर्षीय सुनिता विष्ट घाइते भएका थिए । घाइते दुवै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया