नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी बरियतामा अन्याय भएको बताउनु भएको छ ।

चिनीया कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० बर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर आउनु भएका झलनाथ खनालले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा संवाददाताहरु संग कुरा गर्दै बरियतामा आफूलाई तल पारेर अन्याय गरेको गुनासो गर्नुभएको हो । "/>

बरियताको विषयमा चीनबाट फर्केपछि झलनाथ खनालले यस्तो भने (भिडियोमा)

बरियताको विषयमा चीनबाट फर्केपछि झलनाथ खनालले यस्तो भने (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी बरियतामा अन्याय भएको बताउनु भएको छ ।

चिनीया कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० बर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर आउनु भएका झलनाथ खनालले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा संवाददाताहरु संग कुरा गर्दै बरियतामा आफूलाई तल पारेर अन्याय गरेको गुनासो गर्नुभएको हो । नेता खनालले आफुले पार्टी भित्रै न्यायका लागि संघर्ष पनि गर्ने बताउनु भयो ।

उँहाले भन्नुभयो ‘ पाटी बरियतामा अन्याय भएको छ । यस अन्यायका विरुद्धमा पाटी भित्र भिन्न मत राखेको छु म पाटी भित्रनै संघर्ष गर्दछु, न्याय पाउनकालागि आफ्नो लडाईलाई जारी राख्दछु तर बाहिर भन्ने कुरा म गर्दिन । पाटीलाई एकजुट बलियो र दह्रो बनाउने कुरमा मेरो योगदान रहने छ ।’

नेता खनालले कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै लगातार कम्युनिष्ट पार्टीहरुको एकताका लागि संघर्ष गरिराखेका कारण इतिहासलाई कसैले तलमाथी पार्नुपर्र्ने अवस्था नरहेको र खुला किताब जस्तै रहेको समेत स्पष्ट पार्नुभयो ।

चीनको कन्तुङ्ग प्रान्तको सेन्जीएनमा भएको कार्यक्रममा चिनीया कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा बरिष्ठ नेता झलनाथ खनाल चिन जानुभएको थियो । कार्यक्रममा विश्वका १६० भन्दा बढि कम्युनिष्ट पार्टीको सहभागिता रहेको थियो ।

Logo