सोलुखुम्बु ।

दमकल अभ्यास गर्ने क्रममा घाइते हुनुभएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । "/>

घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

घाइते प्रहरीलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बु ।

दमकल अभ्यास गर्ने क्रममा घाइते हुनुभएकी नगर प्रहरी पशीमाया तामाङलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । अभ्यास गर्ने क्रममा नगरपालिकाको दमकलमाथिबाट लडेर शुक्रबार घाइते हुनुभएकी तामाङलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ लगिएको हो । 

घाँटीको हड्डीमा समस्या देखिएपछि तामाङकोे वीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको नगरपालिकाका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिनुभयो । जिल्लाको एकमात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकामा अहिले ११ जना नगर प्रहरी छन् । नगर प्रहरी सहायक निरीक्षकको कामाण्डमा उनीहरुले काम गरिरहेका छन् ।रासस

Logo