रुपन्देही
कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । कांग्रेसले गर्नुपर्ने केही कुराहरुमा गल्ती भएको बताउँदै उनले कांग्रेसका धेरै कुराहरुमा आमूल परिवर्तन आवश्यक रहेको बताए ।
रिपोर्टर्स क्लव नेपाल ५ नं प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व महामन्त्री समेत रहेका सिटौलाले नेपाली कांग्रेसमा केही बिषयमा विवाद भईरहेको बताउँदै यसले नेपाली कांग्रेसलाई जिवन्त राखेको बताए ।
उनले भने, ‘हाम्रो पार्टी स्वस्फूर्त छ , कांग्रेसको अरुको भन्दा फरक चरित्र छ । स्वाभिमान ब्यक्ति मात्र कांग्रेस बनेको छ, यसमा जबरजस्ती कसैलाई पार्टी प्रवेश गराईएको छैन ।’ देश र कांग्रेसको सम्बन्ध एक अर्कामा परिपुरक जस्तो भएको भन्दै प्रतिपक्षमै भएपनि कांग्रेसले नेपाल बचाउँने बताए ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सिधै पास गर्नु नै कांग्रेसको गल्ती भएको उनको भनाई थियो । पूर्व महामन्त्री सिटौलाले टिप्पणी गर्नुपर्ने बेला नआएको बताए । उनले केन्द्रमा बल्ल बजेट आएको बताउँदै प्रदेशलाई निर्देशन दिने निकाय पनि नभएको उनको भनार्इ थियो ।
हिमालय टाइम्सबाट





























प्रतिक्रिया