काठमाडौं

०५८ जेठ १९ को मध्यरातमा राजदरबारमा तत्कालिन राजारानी सहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको आज १७ वर्ष पुरा भएको छ । "/>

राजदरबार हत्याकाण्डको १७ वर्ष पुरा : घटनाको कारण भने अझै रहस्यमै

राजदरबार हत्याकाण्डको १७ वर्ष पुरा : घटनाको कारण भने अझै रहस्यमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

०५८ जेठ १९ को मध्यरातमा राजदरबारमा तत्कालिन राजारानी सहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको आज १७ वर्ष पुरा भएको छ । यति लामो समय सम्म पनि दरबार हत्याकाण्डको कारण रहस्यमै छ ।

यहि हत्याकाण्डकै कारण राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भयो । सो दिन पारिवारिक जमघटका बेला भएको भनिएको उक्त घटनामा तत्कालिन राजा वीरेन्द्र र रानी एेश्वर्य लगायत युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र , राजकुमारी जयन्ती , राजकुमारी शान्ती ,राजकुमारी शारदा, कुमार खड्ग लगायत अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।

उक्त घटनाको विभिन्न समयमा खुलेका छानबिन आयोगहरुले सार्वजनिक गरेका प्रतिवेदनहरुलाई नागरिकले विश्वास गर्न सकेनन् । घटना पछि ज्ञानेन्द्र शाह नेपालको राजा भए । उनी नै राजतन्त्रका अन्तिम राजा हुन् ।

Logo