नुवाकोट

ककनी गाउँपालिका–१ र २ ओखरपौवाका स्थानीयवासीले काठमाडौँ उपत्यकाको फोहर बिसर्जनमा पु¥याएको अवरोध सञ्चालन भएको छ । "/>

ओखरपौवामा फोहोर बिसर्जनमा भएको अवरुद्ध खुल्यो

ओखरपौवामा फोहोर बिसर्जनमा भएको अवरुद्ध खुल्यो

केन्द्रबिन्दु
0
Shares

नुवाकोट

ककनी गाउँपालिका–१ र २ ओखरपौवाका स्थानीयवासीले काठमाडौँ उपत्यकाको फोहर बिसर्जनमा पु¥याएको अवरोध सञ्चालन भएको छ । काठमाडौँको तीनपिप्ले देखि फोहर बिसर्जन हुँदै आएको स्थान ओखरपौवाको सिसडोलसम्म भइरहेको सडक कालोपत्रको काम गुणस्तरहीन भएको भन्दै फोहोर बोकेर आएका गाडी स्थानीयवासीले काम गुणस्तर बनाउनुपर्ने माग गर्दै शुक्रबार बिहान देखि गरेको अवरुद्ध अपराह्नदेखि सञ्चालनमा आएको हो ।

काठमाडौं महानगरपालिका मार्फत ठेक्का लगाएर तीनपिप्लेदेखि सिसडोलसम्मको करीब नौ किलोमिटर सडकमा भइरहेको कालोपत्र गुणस्तरहीन बनाएकाले सुधार गर्ने प्रतिबद्धता ठेकेदारमार्फत आएपछि सञ्चालन हुन दिएको स्थानीयवासी लालबहादुर बलामीले बताए । कुनै स्थानमा दुई लेनको कालोपत्रे भए पनि सबै स्थानमा नभएको भन्दै रोकिएको फोहोर ठेकेदार कम्पनीले सबै स्थानमा राम्रो काम गर्न लिखित प्रतिबद्धता जनाए पछि संचालन भएको बताइएको छ ।

यातायात सञ्चालनमा आएसँगै काठमाडौँबाट फोहोर बोकेर आएका २०० भन्दा बढी गाडीले फोहोर विर्सजन गरी फर्किएको प्रहरी चौकी ओखरपौवाले जनाएको छ ।
रासस

Logo