पाल्पामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । ति मध्ये ११ जनाको सनाखत भएको छ ।
सनाखत भएकामा विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।
घाइते १५ जनालाई उद्दार गरी उपचारका मिसन अस्पताल तानसेन लगिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घाइते मध्ये केहीको अबस्था गम्भीर रहेको छ ।
तानसेनबाट रामपुर जाँदै गरेको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट झन्डै १५० मिटर तल खसेको छ ।





























प्रतिक्रिया