काठमाडौँ

उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानीको पाइप बीचैमा प्वाल पारी अनधिकृत प्रयोग गरिएको तस्बीर संचारमाध्यमबाट सार्वजनिक भएपछि सोधखोज शुरु भएको छ । "/>

उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानीको पाइप बीचैमा प्वाल पारी अनधिकृत प्रयोग !

उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानीको पाइप बीचैमा प्वाल पारी अनधिकृत प्रयोग !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

उपत्यकामा वितरणका लागि ल्याइएको खानेपानीको पाइप बीचैमा प्वाल पारी अनधिकृत प्रयोग गरिएको तस्बीर संचारमाध्यमबाट सार्वजनिक भएपछि सोधखोज शुरु भएको छ ।

खानेपानी महसुल निर्धारण आयोगले जेठ १४ गते काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पत्र लेखी पानी चोरी भएको सम्बन्धमा छलफलका लागि बुधबार बोलाएको अध्यक्ष उपेन्द्रकुमार अधिकारीले बताए । सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने वाग्मतीको पानी गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा मूल पाइपबाटै ड्रिल गरी वितरण गरिएको छ ।

नगरपालिकाको २ र ४ जोड्ने कोलमती खोलामा ड्रिल गरी पानी बस्तीमा वितरणका लागि लगिएको तस्बिर राससबाट जेठ १३ गते सार्वजनिक भएको थियो । यो तस्बिर अनलाइन पोर्टल र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको थियो । यो तस्बिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइट मार्फत हेलो सरकारलाई समेत आवश्यक कारबाहीका लागि पठाइएको छ । वर्षौँदेखि खानेपानी चोरी भए पनि लिमिटेडले रोक्नका लागि कुनै पहल गरेको छैन ।

लिमिटेडका महाप्रबन्धक महेशप्रसाद भट्टराई आयोगबाट आएको पत्र र तस्वीर हेरेपछि महाँकालचौर शाखालाई त्यस सम्बन्धी विवरण पेश गर्न निर्देशन दिएको बताउँछन् । “उपत्यकाका अधिकांश मुहानस्थलमा पहिले बस्ती पातलो थियो, त्यसैले वितरण सञ्जाल बनेको थिएन, बस्ती बढेपछि सञ्जाल नबनाई मूल पाइपबाटै पानी वितरण गरिएको छ, प्राविधिक रुपमा मूल पाइपबाट पानी वितरण गर्नु गलत हो”–उनले भने ।
गोरखापत्रबाट
तस्बीर : रासस

Logo