काठमाडौं

ओखलढुंगाका उज्ज्वन श्रेष्ठको हत्यामा दोषी ठहर भई जेलमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन् । "/>

अन्ततः सर्वोच्चको आदेश टोकरीमा : सरकारद्वारा बालकृष्ण ढुंगेललाई जेलमुक्त

अन्ततः सर्वोच्चको आदेश टोकरीमा : सरकारद्वारा बालकृष्ण ढुंगेललाई जेलमुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

ओखलढुंगाका उज्ज्वन श्रेष्ठको हत्यामा दोषी ठहर भई जेलमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा बाँकी कैद माफी भएपछि नेता ढुंगेल मंगलबार विहान ७ बजे नै जेलमुक्त भएका हुन् । उनी डिल्लीबजार कारागारमा थिए ।

सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति ढुंगेलसहित ८ सय १६ जनाको कैद माफीको प्रस्ताव स्वीकृत गरेकी थिइन् । आइतबारको मन्त्रिपरिषद्को बैठकले कैद माफी सम्बन्धी सिफारिसको निर्णय गरेको थियो ।

द्वन्द्वकालमा श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्ध मुद्दा चलेको थियो । त्यसक्रममा द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए । तत्कालिन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने प्रवाधान अनुसार उनी छुटेका हुन् ।

यता सर्वोच्च अदालतमा उनको माफी विरुद्ध रिट परेको छ । सर्वोच्चले सोमबार मात्रै त्यस सम्बन्धी फाइल झिकाउने आदेश दिएकोमा सर्वोच्चबाट मुद्दा टुंगिनु अगाडि नै उनी छुटेका छन् ।
राजधानीबाट

Logo