डोल्पा

डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको लेक लागेर शनिबार मृत्यु भएको छ । "/>

यार्सा संकलन गर्न गएका तीन जनाको मृत्यु

यार्सा संकलन गर्न गएका तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

डोल्पा

डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका तीनजनाको लेक लागेर शनिबार मृत्यु भएको छ । लेक लागेर गम्भीर बिरामी भएका एक जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका १० लिकुका ३० वर्षीय नारायणप्रसाद पहाडी, जाजरकोट नलगाड नगरपालिका ८ खगेनकोट का १५ वर्षीय भद्रबहादुर चनारा र काइके गाउँपालिकाको सुन्दरे शेर्पा आधारभूत विद्यालय टुप्पाताराका शिक्षक शेरबहादुर रानाको लेक लागेर शनिबार मृत्यु भएको हो ।

यार्सागुम्बा संकलनका लागि डोल्पाको ठूलीभेरी नगरपालिका १० मा पर्ने ग्यालवारा पाटन पुगेका पहाडी लेक लागेर विरामी भई दुनैतर्फ ल्याउदै गर्दा माझवनमा मृत्यु भएको हो । डोल्पोबुद्ध गाउँपालिकाको धो ताक्सी पुगेका जाजरकोटका चनारा लेक लागेर विरामी भएपछि उपचारका लागि दुनैतर्फ ल्याउँदै गरेको बेला शनिबार राति डोल्पोबुद्ध गाउँपालिका २ मा पर्ने तोलतोल भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी रानाको पाटनतर्फ जाँदै गर्दा लेक लागेर मृत्यु भएको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रप्रसाद चापागाईंले बताए । कमाई गर्न भनेर गएकाको लेक लागेर मृत्यु भएपछि परिवारजन समस्यामा परेका छन् । शोकाकुल परिवारजनले सरकारसँग उचित राहतको माग गरेका छन् ।
अन्नपूर्णबाट

Logo