अछाम

विगत १३ वर्ष देखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ । "/>

साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल

साँफेबगर विमानस्थलमा प्राविधिक उडान परीक्षण सफल

केन्द्रबिन्दु
0
Shares

अछाम

विगत १३ वर्ष देखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवे लगायतको काम सम्पन्न भएपछि समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण उडान गरेको हो ।

समिट एयरको जहाज बिहान १०ः३० बजे हुम्लाको सिमिकोटबाट साँफेबगर विमास्थल साँफेबगर विमानस्थलमा अवतरण भएको थियो । विमानका चालक एडी शेर्पाले उडानका लागि साँफेबगर विमानस्थल निकै उपयुक्त विमानस्थल रहेको प्रतिक्रिया दिए । ‘यो विमानस्थल उडानका लागि उपयुक्त छ उनले भने, “नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई दिनमा प्रतिवेदन बुझाउने छु । यदि सम्झौता भए यही विमान यहाँ उडान भर्न तयार छ ।”

तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो । बीचमा केही समय विमानस्थल सञ्चालन आए पनि पुन २०६२ साल देखि पूर्णरूपमा बन्द विमानस्थल गौचरनमा परिणत भएको थियो । निर्माण जिम्मा पाएको अमर कन्स्ट्रक्सनले निर्माणको काम करिब पूरा भएको बताएको छ । विमानस्थलको ५५० मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरिएको छ । विमानस्थलको भ्याटसहित ११ करोड ५० लाखको लागतमा कालोपत्रे भएको हो ।
गोरखापत्रबाट

Logo