काठमाडौं
सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि राष्ट्रियसभामा समेत संशोधन प्रस्ताव दर्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका तर्फबाट बैठकमा संशोधनको प्रस्ताव दर्ता भएको हो । राष्ट्रियसभा बैठकमा बिहिबार देखि शुरु भएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै काँग्रेसका सुरेन्द्रराज पाण्डे, फोरमकी प्रमिला कुमारी तथा राजपाका वृषेशचन्द्र लालले संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।
संघीय संसद्को यही जेठ ७ गते बसेको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । सभामुख र राष्ट्रियसभाका अध्यक्षको मर्यादा ख्याल नगरिएको भन्दै संशोधन प्रस्ताव दर्ता गरिएको सांसद पाण्डेले जानकारी दिए ।
रासस





























प्रतिक्रिया