काठमाडौँ

तीन वर्ष देखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । "/>

तीन वर्ष पछि हुनमानढोका दरबार संग्रहालय सञ्चालनमा

तीन वर्ष पछि हुनमानढोका दरबार संग्रहालय सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

तीन वर्ष देखि बन्द रहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालय सञ्चालनमा आएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पपछि नासलचोकमा रहेको संग्रहालय बन्द थियो । संग्रहालय रहेको भवन भूकम्पले पूर्णरुपमा क्षति भएपछि ऐतिहासिक चीजबीज संग्रह गरिएको स्थल बन्द भएका हो । हनुमानढोका क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई केही सामग्री देखाउने उद्देश्यले संग्रहालय दरबारको ढुकुटीमा सञ्चालन गरिएको पुरातत्व विभागले जनाएको छ ।

संग्रहालय रहेको भवन बन्न अझै तीन वर्ष भन्दा बढी लाग्ने भएकाले दरबारको ढुकुटीमा अस्थायी रुपमा हेर्ने व्यवस्था मिलाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए । नासल चोकको दक्षिणी र पश्चिमी लङ एवम् दाखचोकमा संग्रहालय थियो ।

संग्रहालयमा राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको जीवनका पाएसम्मका चीजबीज र ऐतिहासिक सामग्री संग्रह गरिएको छ । अस्थायी संग्रहालयमा सबै सामग्री प्रदर्शन गर्न नसकिने भएकाले महत्वपूर्ण चीजबीज मात्र हेर्न सकिन्छ । भूकम्पपछि उत्खनन गरिएका सांस्कृतिक सम्पदाका चीजबीज पनि संग्रहालयमा प्रदर्शनमा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाकी कार्यालय प्रमुख अरुणा नकर्मीले बताइन् ।
रासस

Logo