काठमाडौँ
नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले टैंकट्यांक लकिङ्ग प्रणाली आन्तरिक सुधारको सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताएका छन् । मंगलबार थानकोट डिपोमा टैंकट्यांक लकिङ्ग प्रणालीको शुभारम्भ गर्दै भट्टराईले ढुवानीमा सुधारका लागि यो महत्वपूर्ण रहेको बताए ।
‘हामीले झापा (सिलगुढी), वेतालपुर, गोण्डा र रक्सौल डिपोबाट लकिङ्ग सिस्टम सुरु गर्यौं । रक्सौलसँग जोडिएका अम्लेखगञ्ज र पोखरामा पनि सुरु भइसकेको छ । आजबाट राजधानीका लागि महत्वपूर्ण थानकोट डिपोमा यो सुरु भएको छ’, उनले भने– ‘लकिङ्ग भनेको स्थायी प्रकृतिको सील लगाउने प्रविधि हो । यसले ढुवानीलाई भरपर्दो र विश्वासिलो बनाउनेछ ।’
निर्देशक भट्टराईले ढुवानीमा सुधारका लागि वैज्ञानिक र समयानुकुल परिवर्तन गर्न निगम तयार रहेको स्पष्ट पारे । तर लकिङ्ग सिस्टमलाई असफल बनाउने दुस्साहस नगर्न व्यवसायीलाई चेतावनी समेत दिए । ‘आम उपभोक्तालाई असर पार्ने गरी कार्यक्रम भएमा निगमलाई स्वीकार्य हुँदैन ’, उनले भने ।
नागरिकबाट





























प्रतिक्रिया