काठमाडौँ
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँंदैछ । जैविक विविधताका मुद्धा प्रतिको बुझाई र सचेतनावृद्धि गर्ने उद्धेश्यले संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
परापूर्वकाल देखि नै नेपाली सनातन परम्पराले विभिन्न वनस्पति तथा प्राणीलाई विभिन्न भगवानका रूपमा आस्था राखी पूजा गर्दै आएको छ । विशेष गरीकन हिन्दु धर्मावलम्बीले वर, बेल, रुद्राक्ष र अशोकलाई भगवान शिव, पीपल र बाबियोलाई भगवान विष्णु, शमी र दुबोलाई गणेश, तुलसी र अमलालाई लक्ष्मी, कुश र पलाँसलाई ब्रह्मा अनि खयरलाई अग्निका रूपमा स्विकारेको देखिन्छ ।
त्यसै गरी किरात–मुन्धुमलाई त पूर्ण रूपमै भूमि तथा जैविक विविधता पुजारीकै रूपमा लिएको पाइन्छ । जैविक परम्परा त भगवान् बुद्धले बुद्धत्व प्राप्ति गरेको वृक्षकै वरिपरि घुमेको छ । कुरान तथा बाइबल समेत वन, वनस्पति तथा जैविक विविधता प्रति सामीप्य राख्छन् ।
नागरिकबाट





























प्रतिक्रिया