काठमाडौँ
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको समय हुने अत्याधिक उडान चापलाई कम गर्न सोमबार (आज) बाट विमानस्थल २१ घन्टा सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विशेष पहलमा त्रिभुवन विमानस्थल २१ घन्टा सञ्चालनमा आउन लागेको हो ।
हाल १८ घन्टा सञ्चालनमा रहेको विमानस्थल अब ३ घन्टा थप गरेर २१ घन्टा पु¥याउन लागिएको हो । पर्यटनमन्त्रीमा बहाल भएकै दिन २४ घन्टा चलाउने घोषणा गरिए पनि तत्कालका लागि २१ घन्टा मात्र सञ्चालन गर्न लागिएको मन्त्री अधिकारीले बताउँदै आएका छन् ।
“विमानस्थल अहिले विहान ६ बजे देखि राति १२ बजे सम्म सञ्चालन हुँदै आएकोमा अब भने विहान ३ बजे सम्मै सञ्चालन हुनेछ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने । अहिले सवै तयारी पूरा भएकोले विमानस्थल २१ घन्टा सम्म चल्ने क्षेत्रीले बताए । तीन सिफ्टमै विमानस्थल सञ्चालन गर्ने र तेस्रो सिफ्टका कर्मचारीहरूले नै थप तीन घन्टा चलाउने क्षेत्रीले जानकारी दिए । “हाल ६६ जना एयर ट्राफिक कन्ट्रोलर रहेका छन्, अहिले ८ जना थपेका छौं र केही दिनमा अन्य पनि थपिने छन्,” क्षेत्रीले भने ।
कारोबारबाट





























प्रतिक्रिया