काठमाडौँ
सरकारले मलेसिया जाने कामदार ठगी गर्ने संस्थाहरू माथि कारबाही सुरु गरेको छ । राहदानी संकलन, भिसा प्रोसेसिङ, प्रहरी रिपोर्ट तयार गर्ने (आइएससी), मेडिकल रजिष्ट्रेसन (माइग्राम्स) र स्वास्थ्य परीक्षण (बायोमेट्रिक) का नाममा कामदारबाट अर्बौँ रुपैयाँ ठगी गर्ने संस्थाका सञ्चालक माथि कारबाही थालिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले ठगीमा संलग्न ४८ जनालाई आइतबार पक्राउ गरेको प्रवक्ता डिएसपी मोहन थापाले बताए । मलेसिया जाने कामदारलाई ठगी गर्नेमा मलेसिया भिएलएन नेपाल, जिएसजी, माइग्राम्स सहित ३७ स्वास्थ्य संस्था पनि सक्रिय थिए । ती संस्थाहरूले ०७० कात्तिक देखि गत चैत सम्म कामदारबाट ५ अर्ब ४५ करोड ८ लाख २४ हजार १ सय रुपैयाँ ठगी गरेका छन् ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया