काठमाडौँ

गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यही महिना चीन भ्रमणमा निस्कने भएका छन् । "/>

प्रधानमन्त्रीको चीन भ्रमण यसै महिना

प्रधानमन्त्रीको चीन भ्रमण यसै महिना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यही महिना चीन भ्रमणमा निस्कने भएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा आफ्नो चीन भ्रमणको जानकारी उनले दिए । बैठकमा उनले भने, ‘सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधीनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको छ, सम्बन्ध विस्तारका लागि यही महिना चीन जाँदैछु ।’

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको पहिलो बैठकमा उनले भने, ‘समृद्धिको यात्राका लागि असल छिमेक नीतिको तयारी सरकारले गरेको छ ।’

यसै बीच ओलीले कम्युनिस्ट पार्टीहरू मिल्दा कांग्रेस झस्किनु पर्ने कुनै कारण नभएको टिप्पणी गरे । उनले भने, ‘वामपन्थीले निर्वाचन जितेर सरकार निर्माण गर्दा होस वा पार्टी एकता गर्दा त्यसबाट कांग्रेस झस्किनु पर्ने कुनै कारण छैन ।’ नेकपा मुलुककै सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै यो शक्तिले गलत ठाउँमा प्रहार नगर्ने र प्रयोग नहुने प्रस्ट्याए । आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले एकीकरण भएकाले अब यसलाई विधि, विकास र समृद्धिका लागि उपयोग गर्ने उनको तर्क थियो ।
राजधानीबाट

Logo