काठमाडौँ

चालू आर्थिक वर्ष सकिन दुई महिना भन्दा कम समय मात्र बाँकी रहँदा पुँजीगत खर्च सरकारले तोकेको सीमा भन्दा निकै तल रहेको देखिएको छ । "/>

२ महिनामा २ खर्ब खर्च गर्नु पर्ने बाध्यता

२ महिनामा २ खर्ब खर्च गर्नु पर्ने बाध्यता


काठमाडौँ

चालू आर्थिक वर्ष सकिन दुई महिना भन्दा कम समय मात्र बाँकी रहँदा पुँजीगत खर्च सरकारले तोकेको सीमा भन्दा निकै तल रहेको देखिएको छ । चालू आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपियाँ बराबरको कुल बजेट विनियोजन गरिएको थियो । जस अन्तर्गत चालूगत तर्फ ८ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार अर्थात कुल बजेटको ६२ दशमलव ८ प्रतिशत र पुँजीगत तर्फ ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख अर्थात २६ दशमलव २ प्रतिशत हो ।

चालू आर्थिक वर्षको वार्षिक पुँजीगत खर्चको लक्ष्य ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख रुपियाँ रहेकोमा वैशाख ३१ गते सम्ममा १ खर्ब ३३ अर्ब ८६ करोड ९० लाख ६० हजार रुपियाँ मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ ।

त्यसैगरी पुँजीगततर्फ हालसम्म खर्च भएको रकम कुल विनियोजित रकमको ४० दशमलव २२ प्रतिशत मात्र रहेको देखिन्छ । विकास कार्यमा खर्चिन पुँजीगत खर्चको प्रवृतिमा सुधार नदेखिए पनि चालूगत तर्फ भने ८ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार लक्ष्य रहेकोमा ५ खर्ब ८९ अर्ब ४० करोड रुपियाँ खर्च भएको छ । जुन रकम चालूगत तर्फ कुल विनियोजित रकमको ७० दशमलव ६८ प्रतिशत बराबर हो ।

त्यस्तै वित्तीय व्यवस्थापनतर्फ वार्षिक विनियोजित रकमको ३८ दशमलव २४ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ हालसम्म ५३ अर्ब ६५ करोड २५ लाख ७६ हजार रुपियाँ बराबर खर्च भएको छ । विगतका वर्षहरूमा पनि चालूगत खर्च लक्ष्य अनुरूप नै हुने गरे पनि विकास र पुँजीगत खर्च भने न्यून रूपमा हुँदै आएको छ । पुँजीगत खर्चको बजेट बढी भएका मन्त्रालयहरूले नै तुलनात्मक रूपमा कम खर्च देखिएको छ ।
नेपाल समाचारपत्रबाट

Logo