भक्तपुर

चाँगुनारायण– ८ सुडालस्थित श्री सरस्वती माता र महामञ्जुश्री इँटा उद्योगका श्रमिकका बालबालिका विद्यालय जान थालेका छन् । "/>

इँटा उद्योगका बालबालिका विद्यालय जान थाले

इँटा उद्योगका बालबालिका विद्यालय जान थाले

केन्द्रबिन्दु
0
Shares

भक्तपुर

चाँगुनारायण– ८ सुडालस्थित श्री सरस्वती माता र महामञ्जुश्री इँटा उद्योगका श्रमिकका बालबालिका विद्यालय जान थालेका छन् । बाल विकास समाज र सेभ द चिल्ड्रेन, भक्तपुर ईंटा उद्योग व्यवसायी संघको साझेदारीमा सञ्चालित ‘नेपालमा रहेका ईंटा उद्योगमा कार्यरत बालबालिका संरक्षण’ परियोजना अन्तर्गत उनीहरू विद्यालय जान थालेका हुन् ।

सपरिवार सहित श्रमका लागि गाउँ छाडेर उपत्यकाको ईंटा उद्योगमा आउँदा बालबालिका वर्षमा ६ महिना पढाइबाट वञ्चित रहने गरेका छन् । गाउँमा ६ महिना विद्यालय जाने र ईंटा उद्योगमा भने धेरैजसो बालबालिका अभिभावकलाई सहयोग गर्न बस्दा बीचमै पढाइ छोडनु पर्ने बाध्यता रहि आएको छ ।

अभिभावकमा शैक्षिक चेतना कमी, गरिबी, नयाँ ठाउँका कारण अधिकांश अभिभावक छोरीछोरीलाई विद्यालय भर्ना नगराई र्इंटा उद्योगमै बस्ने गरेको पाइएको छ । केही अभिभावकले भने विद्यालय जाने उमेरका छोराछोरीलाई गाउँमै छाडेर आउने गरेको पनि भेटिएको छ ।

बाल विकास समाजले दुई ईंटा उद्योगमा २ देखि ५ वर्ष सम्मका श्रमिकका छोराछोरी लक्षित गरी दिवा शिशु स्याहार तथा विकास केन्द्र, किशोरकिशोरीका लागि अन्तक्र्रिया, कामदार तथा अभिभावकका लागि सकारात्मक बैठक लगायत शैक्षिक तथा जनचेनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
राजधानीबाट

Logo