ओखलढुंगा
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले एमाले र माओवादी बीच भएको एकीकरणलाई अवसरवादी गठजोडको संज्ञा दिएका छन् । प्रदेश नं. १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओखलढुंगा आएका नेता वैद्यले दक्षिणपन्थी अवसरवादी धारको एकता भएको टिप्पणी गरेका हुन् ।
नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव वैद्यले दुई पार्टीको एकीकरणबाट नेकपा बनेको नभई माओवादीको एमालेमा विलय भएको बताए । नेपालमा संसोधनवादी अवसरवादी धारको एकीकरण भएकाले अब क्रान्तिकारी कम्युनिष्टहरुको धुव्रिकरणमा नयाँ जनवादीधारको विकास गर्दै जनवादी क्रान्तिमा जाने आफ्नो कार्यदिशा रहेको वैद्यले प्रष्ट पारे ।
नयाँ जानवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा संघर्ष गर्ने उनले बताए । उनले विप्लव र मोहनविक्रम सिंहसँग एकताका लागि छलफल भइरहेको बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया