काठमाडौँ

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा गरेर बनेको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ । "/>

नेपाल कम्युनिस्ट पार्टी नाम जुधेपछि अन्डरलाइन

नेपाल कम्युनिस्ट पार्टी नाम जुधेपछि अन्डरलाइन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा गरेर बनेको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ । बिहीबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेर प्रधानमन्त्री समेत रहेका एकीकृत पार्टीका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताले दल दर्ताका लागि निवेदन दर्ता गरेका हुन् ।

दुई दलबीच एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने सहमति भएपछि नेताहरू दल दर्ताका लागि आयोग पुगेका थिए । तर आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको दल यसअघि नै दर्ता रहेको पाइएपछि नेताहरूले दलको नाममा ‘अन्डरलाइन’ गरेर आयोगमा बुझाएका हुन् । निर्वाचन आयोगले भने नवगठित ‘नेपाल कम्युनिस्ट पार्टी’लाई कानुनी बाटोबाट दल दर्ताको प्रक्रिया अघि बढाउने जनाएको छ ।

दल दर्ताको पत्र बुझाउँदै प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष ओलीले एकतामा सहमति जुटेपछि कानुनी रूप दिन आयोग आएको बताएका थिए । उनले आफ्नो पार्टीले विधि विधान र कानुनलाई पालना गर्ने भन्दै आयोगलाई प्रक्रिया पु¥याएर दर्ता अघि बढाइदिन आग्रह समेत गरे । अर्का अध्यक्ष पुष्पकमल दाहालले जनताका बीचमा निर्वाचन अघि गरेको बाचा पूरा गर्न आफूहरू आयोग आएको बताएका थिए । उनले देश र जनताले विकास र समृद्धि चाहेकाले आफूहरू दल दर्तापछि जनताको अपेक्षा पूरा गर्न अघि बढ्ने उद्घोष समेत गरे ।
राजधानीबाट

Logo