काठमाडौँ
आन्तरिक विमानस्थल निर्माणको लागि काभ्रेको नागीडाँडा विमानस्थल उपयुक्त हुने विज्ञ समूहले सुझाएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नगारिक उड्डयमन्त्री रवीन्द्र अधिकारीलाई विज्ञ समूहले प्रतिवेदन बुझाउँदै सम्भाव्यता प्रतिवेदन बुझाएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापलाई व्यवस्थापन गर्न साना जहाजको लागि विमानस्थल निर्माणको लागि विज्ञ समूहले काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्वर ११ र १२ को सिमानामा पर्ने नागीडाँडा, उपयुक्त हुने ठहर गर्दै प्रतिवेदन बुझाएको हो । मन्त्री अधिकारीले आन्तरिक विमानस्थल निर्माणका लागि १५ दिन अगाडि नागीडाँडा, ठूलिचौर र चिसापानीको स्थलगत अवलोकन भ्रमण गरेका थिए ।
विज्ञ समितिले भने नगरकोटको पनि सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन पेश गरेको छ । अरू ठाउँको तुलनामा नागीडाँडा विमानस्थल उययुक्त रहेको प्रतिवेदनले सुझाएको छ । नागीडाँडामा विमानस्थल बनाउनको लागि भने २० प्रतिशत मात्रै निजी जग्गा अधिग्रहण गर्नु पर्नेछ । १२ सय मिटरको विमानस्थल निर्माण गर्न सकिने छ । विमानस्थलको विस्तृत लागत भने प्राधिकरणले विस्तृत अध्ययन प्रतिवेदनपछि भन्न सकिने बताएको छ ।
समुन्द्र सतहबाट १८ मिटरको उचाईमा नागीडाँडा अवस्थित छ । त्रिभुवन विमानस्थलमा आन्तरिक हवाई चापलाई घटाएर अन्तर्राष्ट्रिय उडानमा वृद्धि गर्ने र साना जहाजलाई वैकल्पिक विमानस्थल निर्माण गरी स्थानान्तरण गर्ने सोचाई अनुरूप काम सरकारले कामको गतिलाई अगाडि बढाइरहेको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया