प्रधानमन्त्री ओलीले बहिनीको हातबाट लगाए भाइटीका

प्रधानमन्त्री ओलीले बहिनीको हातबाट लगाए भाइटीका

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइटीका लगाएका छन् ।

आजको शुभसाइतमा उनले बहिनी कौशल्या कोइरालाको हातबाट प्रधानमन्त्री निवास बालुवाटारमा उनले भाइटीका लगाएका हुन् । सो अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिएका थिए ।

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले एक मात्रै बहिनीले भाइटीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिएकी हुन् । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यको पनि उपस्थिती थियो ।

Logo