काठमाडौँ
प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधवार सरकारले पेश गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका नेमकिपाका सांसद सुवालले संसदमा ईश्वरको खोजी गरेका हुन् ।
मुख्यतः सपथको भाषामा ‘ईश्वरका नाममा सपथ खानेछु’ भन्ने प्रावधान प्रति आपत्ति जनाउँदै सरकारले ईश्वर खोजिदिनु पर्ने माग गरेका हुन् । ‘जब सपथमा देश र जनताको नाममा भनिसकेपछि ‘ईश्वर’को नाममा किन खानुप¥यो, जसलाई र्इश्वर छ भन्ने विश्वास छ, त्यसले यहाँ छन भनेर देखाउनु प¥यो, नत्र त्यो प्रावधान हटाउनु प¥यो,’ सुवालले संसदमा भने, ‘नत्र सरकारले ईश्वर खोजेर ल्याइदिनु पर्यो ।’
सांसद सुवालले सरकारसँग ईश्वरको खोजी गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरवहादुर तामाङले जवाफ दिएका थिए । ‘ईश्वरका नाममा सपथ खानै पर्ने अनिवार्य छैन, देश र जनताको नाममा सपथ खान पनि सकिन्छ, त्यसैले त त्यहाँ देश, जनता/र्इश्वरको व्यवस्था गरिएको हो, त्यसैले अब माननीयज्यूले आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गर्दछु ।’ मन्त्री तामाङले उक्त आग्रह गरे तापनि सांसद सुवालले चित्त बुझाएनन् र भने, ‘मन्त्रीज्यूको अन्य कुरा ठीकै होला तर ईश्वर कहाँ छन् ? त्यो देखाउन सक्नुभएन, त्यसैले म मेरो प्रस्ताव फिर्ता लिन्न ।’
नागरिकबाट





























प्रतिक्रिया