काठमाडौं । नेपाल प्रहरीका १६ एसएसपी डिआइजीमा बढुवा भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले सोमबार १६ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो।
एसएसपी केदार रिजाल ७४ दशमलव ९९ अंक प्राप्त गर्दै बढुको पहिलो नम्बरमा रहेका छन् । त्यस्तै शेरबहादुर बस्नेत, पिताम्वर अधिकारी, दिनेश अमात्य, प्रेम चन्द, श्याम खड्का क्रमश बढुवामा परेका छन् ।
नेपाल प्रहरीमा जनपथतर्फ प्रहरी नायब महानिरीक्षकमा (डिआईजी) बढुवा गर्न बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाको लागि सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ संशोधनसहितको नियम २७ को उपनियम १४ अनुसार चैत २८ गतेदेखि रिक्त रहेका २३ डिआईजीमध्ये १६ को मात्र बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ। बाँकी ७ पद खारेज भएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यसअघिनै अनावश्यक पद खारेज गर्ने बताएका थिए।
को को परे बढुवामा हेर्नुहोस् सूची:





























प्रतिक्रिया