काठमाडौँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दै छन् । बैठकले कारागार सम्बन्धी प्रचलित कानूनलाई संशोधित र एकीकरण गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।
त्यस्तै बैठकले वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका राज्यमन्त्री बाँस्कोटाले बताए । उक्त निर्देशिका अनुसार विदेशी रोजगारदाता कम्पनीहरुले नेपाली श्रमिकको माग गर्दा सम्बन्धित देशमा रहेको नेपाली नियोगबाट प्रमाणित गराउनु पर्नेछ ।
रासस
प्रतिक्रिया