विराटनगर

साँढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा आइतबारसम्म १५ जना अभियुक्तसँग बयान लिइसकिएको छ । "/>

साँढे ३३ किलो सुन तस्करी काण्डः १५ जनाको बयान सकियो

साँढे ३३ किलो सुन तस्करी काण्डः १५ जनाको बयान सकियो

केन्द्रबिन्दु
0
Shares

विराटनगर

साँढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा आइतबारसम्म १५ जना अभियुक्तसँग बयान लिइसकिएको छ । जिल्ला अदालत मोरङले पक्राउ परेका ३० मध्ये सुनका लगानीकर्ता भनिएका भुजुङ गुरुङसहितका अभियुक्तसँग बयान लिएको हो ।

बयानका लागि आइतबार ११ अभियुक्तलाई अदालत लगिएको थियो । उनीहरू मध्ये निलम्बित सइ बालकृष्ण सञ्जेल बाहेक अभियुक्तसँग बयान लिने काम सकिएको अदालतका स्रेस्तेदार नवराज दुलालले बताए।

उनका अनुसार सञ्जेलको बयान सोमबार पुनः लिइनेछ । अर्का अभियुक्त टेकराज मल्ल ठकुरीको बयान लिने काम पनि आइतबार नै सकिएको छ । आइतबार बयान लिइएका अन्य अभियुक्तमा सुन व्यापारी चाचाजी भनिने महावीरप्रसाद गोल्यान, राजेन्द्रकुमार शाक्य, थाई एयरलाइन्सका अपरेटर लालबहादुर मगर, विमानस्थलका कर्मचारी चन्दन भनिने वीरेन्द्रमान श्रेष्ठ, थाई एयरलाइन्सका कर्मचारी सम्वीरप्रसाद तोलाङगे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री र कपिलराज पुरी छन्। अभियुक्तहरू मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयान शुक्रबार सकिएको थियो।

बयानअनुसार विमानस्थलबाट महिनामा १० पटकसम्म तस्करीको सुन भित्रिने गरेको थियो । हराएको भनिएको साँढे ३३ किलो सुन भने कहाँ छ भन्ने थाहा हुन सकेको छैन । माघ ९ गते आफूले पनि कमिसन पाउने उक्त सुन बैंककबाट थाई एयरलाइन्स मार्फत काठमाडौं भित्रिए पनि लुटियो भन्ने मात्रै थाहा पाएको छ । गुरुङको बयान अनुसार हराएको सुन पत्ता लगाउने जिम्मा गोरेलाई दिइएको थियो । उनले बयानमा भनेका छन्, ‘सुन पत्ता लगाउने क्रममै गोरे समूहले यातना दिँदा सनमको मृत्यु भएको हो ।’
अन्नपूर्णबाट

Logo