काठमाडौं
सिण्डिकेटविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायी सरकारको नीति निर्णय तथा ऐन कानून मान्न तयार भएका छन् । यातायात मन्त्री रघुवीर महासेठको उपस्थितमा आइतबार राति सरकार र राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारी बीच यस्तो सहमति भएको हो । सहमतिको विस्तृत जानकारी आज (सोमबार) दिउँसो १ बजे संयुक्त पत्रकार सम्मेलन गरेर दिइनेछ ।
सरकारले यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नु पर्ने व्यवस्था सहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेर सार्वजनिक यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्यको निर्णय गरेपछि व्यवसायीहरु गाडी नचलाएर आन्दोलनमा उत्रिएका थिए । गाडी नचलाएपछि सरकारले हड्ताल गरेर कानूनको उल्लंघन गरेको भन्दै व्यवसायीको धरपकड गरेको थियो ।
धरपकडपछि आइतबारै व्यवसायीहरुले सरकारको नीति निर्णय तथा कानूनी व्यवस्थालाई स्वीकार गर्ने प्रतिबद्धता जनाए । व्यवसायीको यस्तो प्रतिबद्धतापछि सरकारले उनीहरुलाई रिहा गरेको छ ।
नागरिकबाट





























प्रतिक्रिया