उभौली पर्वको रुपमा मनाइने किरातीहरुको महत्वपूर्ण साकेला नाच टुंडिखेलममा मनाइएको छ । वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिन्छ । "/>

उभौली पर्वमा किराँतीहरु साकेला नाच्दै (भिडियोसहित)

उभौली पर्वमा किराँतीहरु साकेला नाच्दै (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

उभौली पर्वको रुपमा मनाइने किरातीहरुको महत्वपूर्ण साकेला नाच टुंडिखेलममा मनाइएको छ । वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिन देखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने पनि गरिन्छ । किराँत सुनुवार, राई, लिम्बु र याक्खा जातिले उभौलीलाई महान चाँडका रुपमा मनाउने गर्दछन् ।

किराँत हरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । उभौली साकेला चाडमा राईहरू आफ्नो जातीय पहिरनमा साकेन्वा सिली नाच्छन् । कालो कोट, दौरा—सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाच्छन् ।

हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । झट्ट हेर्दा सुदूरपश्चिको देउडा नाच जस्तै देखिन यो नाच गोलाकार घेरामा रहेर नाचिने साकेला नाचमा अहिले सबै जातीका युवायुवतीको सहभागिता बढ्दो छ ।

 

Logo