पंकजबहादुर धामी, काठमाडौं ।

वि.स. २०५२ फागुनबाट तत्कालिन नेकपा माओवादीले रोल्पा रुकुम, जाजरकोट र गोरखा लगायतका जिल्लाबाट सशस्त्र विद्रोह सुरु गरिरहेका थिए । "/>

चिया बेचेरै राजधानीमा २ घडेरी (भिडियो रिपोर्ट)

चिया बेचेरै राजधानीमा २ घडेरी (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

पंकजबहादुर धामी, काठमाडौं ।

वि.स. २०५२ फागुनबाट तत्कालिन नेकपा माओवादीले रोल्पा रुकुम, जाजरकोट र गोरखा लगायतका जिल्लाबाट सशस्त्र विद्रोह सुरु गरिरहेका थिए ।

केन्द्रमा राजनीतिक रस्साकस्सी र देशका विभिन्न स्थानमा तत्कालिन विद्रोही माओवादीको आन्दोलनले थिलथिलो बनेको थियो देशको अवस्था । पक्कै पनि ३ दिनको पैदल यात्रा, गोजीमा जम्मा १७ रुपैयाँ नयाँ ठाउँमा घरबाट भागेर जानु एक किशोरीका लागि हरसम्भव कुनै पनि हालत सम्भव थिएन् २०५२, ०५३ सालमा ।

२०५३ साल चैत महिना हुनुपर्छ कक्षा ७ को वार्षिक परीक्षा दिएर बसेकी विमला पारजुलीको घरमा विहेको कुरा चलिरहेको थियो । उमेर १४ वर्ष, त्यो समयमा कक्षा ७ मा पढेकी केटीलाई कुनै पनि हालतमा विवाह गर्न मञ्जुर थिएन् । उसो त त्यो समयमा कक्षा ७ सम्म छोरी मान्छेलाई विद्यालय पढाउने परिवार भनेको खानदानी नै थियो भनेर अड्कल लगाउँदा शायद गलत हुँदैन् । तरपनि विमलालाई लगातार विवाहका लागि दवाव आइरह्यो ।

अन्ततः घरबाट भागेर काठमाडौं आउने निर्णय गरिन् उनले, घरमा विद्यालय जान्छु भन्दै सँगै पढ्ने साथीलाई लिएर उनी घरबाट काठमाडौंका लागि हिडिन् । ३ दिन धनकुटा हिले हुँदै पैदल हिडेर मात्रै भोजपुरबाट काठमाडौंका लागि गाडी भेटिन्थ्यो । २ दिनको बास घरबाट बाहिर बसेपछि तेस्रो दिन उनीहरुले काठमाडौंका लागि गाडी छोपे तर विमलाको गोजीमा जम्मा १७ रुपैयाँ र उनीसँगै आएकी साथीसँग ५० रुपैयाँ थियो अन्तिममा पैसा नपुग्ने भएपछि उनीहरुले आफुहरुसँग भएको केही गरगहना हिलेमा बेचेर २ हजार जति जम्मा पारे र काठमाडौंका लागि गाडी चढे ।

सुरुका दिन 

उनी विवाह बन्धनमा बाँधिएपछि चिया पसल सुरु गरिन् । पराजुलीले चिया व्यापार गर्न थालेको यो गत चैतमा १६ वर्ष पुगेको छ । सिंहदरबारको पश्चिमी गेट राष्ट्रिय बाणिज्य बैंक अगाडी उनले करिब १२ वर्ष चिया बेचिन् ।

त्यो समयमा केही दिन जेल जीवन समेत विताउनुपरेको उनी सम्झिन्छिन् । उनी भन्छिन्, ‘मैले १२ वर्ष सडकमा बसेर व्यापार गरेँ । तीन पटक महानगरपालिकाले लग्यो । तर, मेरो जोस लगेन् ।’

नेपालमा संविधान सभाको समय थियो । एक दिन ठुलै पोष्टका प्रहरीले संसद भवनअगाडि ठेला नराख्न भन्दै ठेलालाई लात्ताले हाने । तर, उनले संविधान जनताको लागि आएको हो, गरी खान पाउनु पर्ने अडान राख्दै ठेला हटाइनन् । व्यापार गर्दै गइन् ।

छोराको पीडा आमालाई

पराजुलीले सडकमा बसेरै भए पनि राम्रै व्यापार गर्दै थिइन् । मन खुसी नै थियो । तर, यो खुसी लामो दिन टिक्न सकेन् । एकाएक छोरालाई रोगले च्याप्यो । हातखुट्टा केही नचल्ने भयो । उनको मनमा अशान्त छायो ।

उनी आत्तिन । छोराको उपचारमा लागिन् । भएको सम्पत्ती उपचारमा लगाइन् । उनी भन्छिन्, ‘छोराको उपचार गर्दा मैले नचिनेको डाक्टर र झाँक्री कमै होलान् ।’

डाक्टर र झाँक्रीले छोरालाई बचाउन सक्दैन भन्दा उनी मुर्छा पर्थिन् । उनी सम्झिछन््, ‘आमाको मन कहाँ मान्थो र ।’

चिया बेचेर कमाएको सम्पत्ती बेचेरै छोरालाई उपचार गरिन् । डाक्टरले उपचार लाग्दैन भनेको छोरालाई निको बनाइन् । पराजुली भन्छिन्, ‘चिया बेचेर नकमाएको भए कहाँ उपचार गर्न सकिन्थो र !’

अहिले उनै छोरा एसइइको परीक्षा दिएर आमालाई सघाउँदै आएका छन् ।

श्रीमानको सहयोग

सडकमा चिया बेच्दै गर्दा बिमला पराजुलीको श्रीमान् धुब्र दाहालले सरकारी जागिर खाए । उनले सरकारी जागिर खाएको पनि १३ वर्ष भयो ।

तर, श्रीमानको सरकारी जागिरमा भन्दा आफ्नै व्यापारमा रमाउन सिकेकी पराजुलीले चिया बेच्न छाडिनन् । बरु श्रीमानको हौसाला पाइरहिन् । चिया बेचिरहिन् ।

अहिले बालकोटमा पराजुलीले २ वटा घडेरी जोड्न सकेकी छिन्, उनी भन्छिन् श्रीमान्को कमाइले केही सहज भयो ।

Logo