रौतहट
रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ । "/>

सरकारी अस्पतालमा गुणस्तरहीन स्लाइन

सरकारी अस्पतालमा गुणस्तरहीन स्लाइन

केन्द्रबिन्दु
0
Shares

रौतहट
रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ । गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी छ ।

नेपाल सरकारद्वारा निःशुल्क वितरण हुँदै आएको युरो लाइफ हेल्थ केयर हरिद्वार भारतमा निर्मित ५०० एमएलको रिंगर ल्याक्टेड (आरएल) स्लाइन पानी कमसल भएको देखिएको छ । क्षेत्रीय मेडिकल स्टोर पथलैया बाराले जिल्ला अस्पताल गौरमा पठाएको करिब पाँच हजार बोतल आरएल गुणस्तरहीन भएकोले विरामीलाई चढाउँदा झन ज्यानै जोखिममा पर्ने गरेको स्रोतको दाबी छ ।

सोमवार राति सर्पले टोकेर जिल्ला अस्पताल गौरमा उपचारका लागि भर्ना भएका चार बिरामीलाई जीवन जोगाउन अस्पतालको आकस्मिक कक्षका चिकित्सकहरुले सरकारद्वारा निःशुल्क रुपमा वितरण हुने आरएल चढाउँदा एकै छिनमा चारै जना रिएक्सन भएको थियो । आरएलको कारण नै चिकित्सकको भाषामा विरामीलाई राइगर भएको थियो । राइगर भनेको मानव शरीरको तापक्रम घटाएर जाडोले जस्तो शरीर काम्ने अवस्थामा पुर्याउनु हो । शरीरको तापक्रम अत्यन्त न्युन भएपछि निगरानी भएन भने मानिसको मृत्यु पनि हुन सक्ने खतरा राइगरले उत्पन्न हुन्छ ।
नागरिकबाट

Logo