कपिलवस्तु

बुधबार राति आएको हुरी बतासका कारण जिल्लाका विभिन्न स्थानमा विद्युतका १०० भन्दा बढी खम्बा भाँचिएका छन् । "/>

हुरी बतासबाट सय भन्दा बढी खम्बा भाँचिए

हुरी बतासबाट सय भन्दा बढी खम्बा भाँचिए

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु

बुधबार राति आएको हुरी बतासका कारण जिल्लाका विभिन्न स्थानमा विद्युतका १०० भन्दा बढी खम्बा भाँचिएका छन् । त्यसबाट तीन ट्रान्सफर्मर पनि खसेको छ । यशोधरा गाउँपालिकाको भंडेहर, कृष्णनगर नगरपालिकाको कर्मा र मायादेवी गाउँपालिकाको अभिरावमा ट्रान्सफर्मर खसेको नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाले जनाएको छ । भाँचिएका खम्बा, तार र खसेको ट्रान्सफर्मरका कारण करीब ३० लाख भन्दा बढीको नोक्सानी भएको शाखा प्रमुख हिमांशु यादवले बताए ।

जिल्लाका बर्रोहिया, पकडी, हथिहवा लगायत पूर्वीतर्फका गाउँमा विद्युत खम्बा भाँचिएका कारण यस क्षेत्रको विद्युतलाइन अवरुद्ध भएको छ । विद्युतलाइन सञ्चालन गर्न हिजो बिहान सबेरै देखि प्राविधिकको टोली सहित आफूहरु फिल्डमै खटिएको कार्यालय प्रमुख यादवले बताए ।
रासस

Logo