नवलपरासी

प्रदेश ४ को नाम ‘गोर्खा प्रदेश’ राख्न माग गर्दै नवलपरासी पूर्व नवलपुरमा अभियान नै सुरु भएको छ । "/>

प्रदेश ४ को नाम गोर्खा प्रदेश राख्न हस्ताक्षर अभियान

प्रदेश ४ को नाम गोर्खा प्रदेश राख्न हस्ताक्षर अभियान

केन्द्रबिन्दु
0
Shares

नवलपरासी

प्रदेश ४ को नाम ‘गोर्खा प्रदेश’ राख्न माग गर्दै नवलपरासी पूर्व नवलपुरमा अभियान नै सुरु भएको छ । नवलपुरका प्रदेश सासंद रोशन बहादुर गाहाले गोर्खा प्रदेशका लागि नवलपुरमा हस्ताक्षर अभियान संचालन गरेका हुन् । सांसद गाहाले भने, ‘यसमा त्रिशुली, बुढीगण्डकी, मस्र्याङ्गदी, मादी, सेती र कालीगण्डकीको मूल रुप रहेको र चितवन, नवलपुरसम्म आइपुग्दा नारायणी नदीका रुपमा परिचित भएकाले गण्डकी प्रदेशले प्रदेश ४ को पहिचान दिन सक्दैन ।’

उनले गण्डकी शब्द आफैंमा विवादित रहेको बताए । भारतले गण्डक नहर खोलेपछि नेपाली भुमिका बासिन्दा वर्षौ देखि डुवानमा पर्दै आईरहेको र गण्डक शब्दको विस्तारित रुप नै गण्डकी भएकाले यो नेपाली पहिचान बोकेको नभई भारतीय पहिचान बोकेको शब्द रहेको सांसद गाहाको तर्क छ । उनले भने, ‘मूक्तिनाथ राख्दा धार्मिक हिंसा उत्पन्न हुन सक्छ । सबै धर्म वर्णका व्यक्तिको बसोबास छ, त्यसैले विश्वमा चिरपरिचत र विवादित नहुने नाम गोर्खा प्रदेश हो ।’
नयाँ पत्रिकाबाट

Logo