सुर्खेत
राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोजना निर्माणका क्रममा स्थानीयाबासी र कामदारबीचको सहमति कार्यान्वयन नभएको भन्दै मंगलबार तालाबन्दी गरिएको हो । आयोजनाबाट प्रभावित र मजदुृरहरुसँग भएका सहमति कार्यान्वयनमा बेवास्ता गरेको भन्दै भेरीगंगा नगरपालिका–५ हात्तिखालस्थीत आयोजनाको कार्यालयमा तालान्दी गरिएको हो ।
विगतका सम्झौता कार्यान्वयन गर्नु पर्ने माग सहित स्थानीयबासीहरुका तर्फबाट सरोकार समिति र मजदुर यूनियनले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् । आयोजना निर्माण गर्दा अतिप्रभावितस्थल भेरीगंगा नगरपालिका–५ हात्तिखाल र गेरुबानीमा दीर्घकालिन रुपमा शुद्ध खानेपानी योजना निर्माण गर्नु पर्ने सहमति हालसम्म कार्यान्वयन नभएको सरोकार समितिको आरोप छ ।
यस्तै विद्युत, सिँचाइ लिफ्टिङ्गको दीर्घकालिन समाधान गर्नु पर्ने, आयोजना निर्माण क्षेत्रको जनता प्रावि र सरस्वति प्राविमा ध्वनि तथा वायु प्रदुषणरहित पर्खाल व्यवस्थापन गर्नु पर्ने माग सरोकार समितिले राखेको छ । हात्तिखाल र गेरुवानी अन्तर्गत पर्ने मुल सडक तथा रिङ्ग रोडमा पक्की नालासहित विभिन्न खोलाहरुमा आवश्यकता अनुसार कल्भर्ड तथा ह्युम पाइप तत्काल व्यवस्था गर्नु पर्ने माग गरिएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया