काठमाडौँ। रुपन्देहीमा बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–११ संञ्जिवनी टोलका ४३ वर्षीय शेरबहादुर गुरुङले शनिबार साँझ आफ्नै १९ वर्षका छोरा पदमबहादुर गुरुङलाई चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
बाबुको चुक्कु प्रहारबाट बायाँ खुटाको तिग्रामा गम्भीर चोट लागेका पदमको बुटवल स्थित लुम्बिनी प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए । चक्कु प्रहारबाट घाइते पदमलाई लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा सामान्य उपचारपछि डिस्चार्ज भएकोमा शनिबार राती करिव ११ बजेतिर एक्कासी बेहोस भएपछि पुनः सोही अस्पतालमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक अनुसन्धान गरिरहेको जनाएको छ।





























प्रतिक्रिया