काठमाडौँ
स्वास्थ्य परीक्षणका सबै प्रक्रिया पूरा गरेर तन्दुस्त रूपमा वैदेशिक रोजगारीमा गएका आधा भन्दा बढी नेपाली युवा स्वदेश फर्कँदा रोग लिएन फर्कने गरेको पाइएको छ । कडा स्वास्थ्य परीक्षण गरेर विदेश गएर फर्कने मध्ये ५६ प्रतिशत कामदारमा स्वास्थ्य समस्या देखा पर्ने गरेको एक अध्ययनले देखाएको छ । स्वीस सरकार विकास सहयोगले विभिन्न देशका चिकित्सक तथा स्वास्थ्य संस्थासँग मिलेर गरेको अध्ययनले रोजगारीको खोजीमा विभिन्न देशमा पुगेका ५६.६ प्रतिशत कामदारले स्वास्थ्य समस्या झेलिरहेको देखाएको हो ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आइतबार गरेको वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य समस्या र यस सम्बन्धी ऐनका विषयमा गरेको छलफलमा सार्वजनिक गरिएको अध्ययनले वैदेशिक रोजगारीमा जाने कामदारलाई मुटु रोग, मानसिक रोग, फुडपोइजन, श्वासप्रश्वास र फोक्सो लगायतका रोगबाट पीडित हुनु परेको देखाएको हो ।
सार्क राष्ट्रका तीन मुलुक नेपाल, भारत र बंगलादेशबाट रोजगारीको खोजीमा विभिन्न देश पुगेका ६० प्रतिशत भन्दा बढी कामदारले स्वास्थ्य समस्या भोगिरहेको अध्ययनका क्रममा पाइएको अनुसन्धान तथा अध्ययनकर्ता डा. जीवन बानियाँले जानकारी दिए । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएका संस्थाले निष्पक्ष भएर काम नगर्दा विदेशिने धेरै युवा मारमा परिरहेको उनले बताए ।
कारोबारबाट





























प्रतिक्रिया