काठमाडौँ

विगत १३ वर्ष देखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माणको काम औपचारिक रुपमा सुरु गर्नका लागि अझै केही समय कुर्नु पर्ने देखिएको छ । "/>

बाहिरी चक्रपथ निर्माणको ट्रयाक १ वर्ष भित्र खोलिने

बाहिरी चक्रपथ निर्माणको ट्रयाक १ वर्ष भित्र खोलिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विगत १३ वर्ष देखि चर्चामा रहेको बाहिरी चक्रपथ निर्माणको काम औपचारिक रुपमा सुरु गर्नका लागि अझै केही समय कुर्नु पर्ने देखिएको छ । सबै तयारी पुरा भइसकेर पनि औपचारीक निर्माणको काम सुरु नभएको बेला अहिले बाहिरी चक्रपथ विस्तार आयोजनाको शिलन्यास तथा निर्माण कार्य अघि बढाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको समय आवश्यक हुँदा आयोजनाको काम अघि बढाउन थप केही समय अझै कुर्नु पर्ने देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना एक सय दिने कार्यक्रम सार्वजनिक गर्ने समयमा आयोजनाको शिलन्यास तथा ट्रयाक नै खोल्ने कार्य अघि बढाउने गरी काम अघि बढाउने आयोजनाको तयारी छ ।

७२ किलोमिटरको बाहिरी चक्रपथ निर्माणको क्रममा आयोजनाले पहिलो चरणमा निर्माण गर्न लागेको चोभार–गम्चा–सतुंगलको ६.६ किलोमिटरको काम सम्पन्न गर्नका लागि करिब साँढे ६ अर्ब रुपैयाँ लाग्ने प्रारम्भीक अनुमान रहेको आयोजनाका आयोजना अधिकृत धुब्र सापकोटाले बताए । यो खण्डको काम अघि बढाउनका लागि तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) मन्त्री परिषद्को बैठकले यही बैशाख पहिलो साता नै स्वीकृत गरेको थियो । यस निर्णयसँगै अब बाहिरी चक्रपथ निर्माणको कामले गति लिने देखिएको छ ।

पहिलो चरणमा निर्माण हुने सो खण्ड ६.६ किलोमिटरको चोभार– गाम्चा– सतुंगलको ट्रयाक एक वर्षभित्रमा खोल्ने लक्ष्य आयोजनाले राखेको छ । बाहिरी चक्रपथ निर्माणका लागि सरकारले गरेको प्रयास सफल भएमा अहिले विकास भएको अव्यवस्थित शहरीकरण रोकिने र जग्गा विकासको सदुपयोगबाट आगामी दिनमा विकास हुने सहरीकरण व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
नेपाल समाचारपत्रबाट

 

Logo