काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताएका छन् । "/>

सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणाली अन्त्य हुन्छ : ओली

सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणाली अन्त्य हुन्छ : ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै उनले कानुन निर्माण गरेर प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य गर्न लागिएको जानकारी दिए ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले विश्वविद्यालयले बौद्ध दर्शनको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै भने, “बुद्ध शिक्षा सामान्य कुरा होइन, यो २५६२ वर्ष सम्म रहेको छ, हामीले पनि देश निर्माणमा बुद्ध मार्ग अवलम्बन गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले बौद्ध विश्वविद्यालयलाई विदेशी विद्यार्थी पढाउने थलोका रुपमा विकास गर्न सरकारले सघाउने बताए ।

कार्यक्रममा दीक्षान्त मन्तव्य दिँदै बुद्धिष्ट एण्ड पाली विश्वविद्यालय श्रीलंकाका उपकुलपति प्रा डा गल्येसुमन थेरोले बौद्ध दर्शनको विकासमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने बताए । कार्यक्रममा शिक्षामन्त्री तथा सहकुलपति गिरीराजमणि पोखरेलले लुम्बिनी बिश्वविद्यालय फरक भाषामा अध्यापन गराउने विश्वविद्यालय भएकाले यसलाई बृहत्तर बनाइनु पर्ने बताए । त्यस अवसरमा विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्य, रजिष्ट्रार तिलकराम आचार्य, डीन माणिकरत्न शाक्य लगायतले बोलेका थिए । विश्वविद्यालयबाट विद्यावारिधि र स्नातकोत्तर तहमा गरी १०७ विद्यार्थी दीक्षित भएका छन् ।
रासस

Logo