काठमाडौं

१२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको महाविनाशकारी भूकम्पले क्षति पु¥याएको मुलुककै सबैभन्दा शक्तिशाली प्रशासनिक स्थान सिंहदरबार अझै प्लास्टिक बेरिएको अवस्थामा छ । "/>

देशको प्रशासनिक केन्द्र सिंहदरबार अझै प्लास्टिककै भरमा !

देशको प्रशासनिक केन्द्र सिंहदरबार अझै प्लास्टिककै भरमा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

१२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको महाविनाशकारी भूकम्पले क्षति पु¥याएको मुलुककै सबैभन्दा शक्तिशाली प्रशासनिक स्थान सिंहदरबार अझै प्लास्टिक बेरिएको अवस्थामा छ । तीन वर्षअघि गएको विनाशकारी भूकम्पको धक्काले मुलुककै सबैभन्दा बलियो र शक्तिशाली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन क्षतिग्रस्त भएको थियो । त्यसपछि प्रधानमन्त्रीको कार्यालय अहिलेसम्म अन्यत्रैबाट सञ्चालन भइरहेको छ ।

क्षतिग्रस्त प्रधानमन्त्री कार्यालय भवन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । लामो समय देखि भूकम्पले भत्केको सिंहदरबार भवन समेत अझै सम्म यसरी प्लास्टिकले बेरिएर राखिनु निकै लज्जाको विषय हो । यसै भवनको बिजोगबाट प्रस्ट हुन्छ, अहिलेको सरकारले भूकम्प पीडितका लागि के काम ग¥यो भनेर । सिंहदरबार मात्र होइन, सुन्धाराको धरहरा, वसन्तपुर दरबार क्षेत्र लगायत अधिकांश पुरातात्विक सम्पदाहरूको हालत अझै उस्तै छ ।

सो भूकम्पमा परी ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए । त्यसपछि सोही वर्षको २९ वैशाखमा सिन्धुपाल्चोक र दोलखालाई केन्द्रबिन्दु बनाएर गएको अर्को शक्तिशाली भूकम्प एवं लगातारको पराकम्पहरूबाट लाखौं घर र सम्पदाहरू ढलेका थिए भने मुलुकले ठूूलो धनजनको क्षति बेहोरेको थियो ।

सोही भूकम्पपछि सरकारले सके सम्म छिटो भत्किएका संरचनालाई व्यवस्थित र बलियो बनाउने उद्देश्यले पुनर्निर्माण प्राधिकरण स्थापना गरेको थियो । राजनीतिक हस्तक्षेपका कारण त्यो प्राधिकरणमा अहिले सम्म तीन जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेरिए पनि अझै भूकम्पपीडित नेपालीले न्यायको श्वास फेर्न सकेका छैनन् । भूकम्पले ढलेका घर बनाउन सरकारले प्रभावित विभिन्न १४ वटा जिल्लाका पीडितलाई प्रतिपरिवार ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरे पनि अझै सम्म पीडितले पहिलो किस्ताको ५० हजार रुपैयाँ पनि पाउन सकेका छैनन् ।
राजधानीबाट

Logo