काठमाडौं

तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा केहि दिन देखि बदली र वर्षा गराएको छ । "/>

मौसमी गतिविधि शनिबार र आइतबार पनि जारी रहने : मौसमविद

मौसमी गतिविधि शनिबार र आइतबार पनि जारी रहने : मौसमविद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा केहि दिन देखि बदली र वर्षा गराएको छ । उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएका कारण बदली र वर्षा गराएको मौसमविद सुवास रिमालले जानकारी दिए । उनका अनुसार अहिले पश्चिमी भेगमा पूर्ण बदली तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा पूर्ण बदली छ ।

पश्चिमको बादल क्रमशः पूर्वतर्फ सर्दै गएकाले साँझपख काठमाडौं उपत्यका सहित मध्य र पूर्वी भेगमा बदली र मेघ गर्जन सहित वर्षा हुनेछ । केही स्थानमा भने हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो साँझ काठमाडौँका उत्तरी क्षेत्रमा मेघ गर्जन र असिनासहितको वर्षा भएको थियो ।

मौसमी गतिविधि शनिबार र आइतबार पनि जारी रहने मौसमविद रिमालको भनार्इ छ । बिहीबार देखि विकसित मौसमी प्रणालीले बदली गराउनाका साथै मेघ गर्जन सहित वर्षा गराएको हो । केही समय आकाश खुले पनि पुनः बदली र वर्षा गराउनेछ ।
रासस

Logo