मकवानपुरको चित्लाङ् हुँदै काठमाडौँ प्रवेश गर्ने चन्द्रागिरी सडक (गणेशमान सिंह मार्ग) संचालनमा आएको छ । नेपालीहरू दोस्रो ठूलो पर्व तिहारमा स्थानीयको सहजताका लागि सडक संचालनमा ल्याईएको हो ।
कात्तिक ३० गते आइतबारदेखि मङ्सिर २ गते मङगलबारसम्म खुला रहने सडक निर्माण सरकोकार समितिले जनाएको छ । सडक स्तरोन्नतिका लागि १९ कात्तिकबाट आवागमन बन्द गरिएको थियो । यो सडकमा अहिले थानकोटतर्फको सेतो पहरामा चट्टान कटिङ लगायतका काम भइरहेको छ ।
अब पुन: ३ मङ्सिरबाट काम सुचारु हुने र पुनः आवागमन बन्द हुने समितिले जनाएको छ।





























प्रतिक्रिया