काठमाडौँ

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता मुख्य विषयमा सहमति भएर पनि प्राविधिक कुरामा गएर अड्किएको छ । "/>

यस्तो छ बाम एकताको मुख्य गाँठो !

यस्तो छ बाम एकताको मुख्य गाँठो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता मुख्य विषयमा सहमति भएर पनि प्राविधिक कुरामा गएर अड्किएको छ । दुई कम्युनिस्ट पार्टीबीच सबैभन्दा जटिल विषय सैद्धान्तिक तथा वैचारिक विषयमा सहमति जुटे पनि नेतृत्व तथा सांगठनिक व्यवस्थापनमा गएर कुरो अड्किएको हो ।

गत ७ फागुनमा नै पार्टीको लक्ष्य समाजवाद रहने र विचार तथा मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद (माले) रहने सहमति गरेका दुई दल मुख्य गरेर पार्टी नेतृत्व र एकतापछिको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने भन्ने विषयमा पुगेर अड्किएका छन् ।

दुई पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २३–२५ चैत अघि नै एकता सम्पन्न गर्ने तयारी गरे पनि सम्भव भएन । त्यस लगत्तै ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन दिवसको दिन पारेर एकता घोषणा गर्नेमा तयारीमा जुटे पनि विवादित विषय मिल्न बाँकी रहेपछि एकता प्रक्रिया झनै पछाडि धकेलिन पुगेको छ । फरकफरक पृष्ठभूमि र अलग सिद्धान्त तथा विचार अँगाल्दै आएका दुई पार्टीले सिद्धान्त र विचारमा त्याग गरे पनि अन्तिम समयमा नेतृत्व र संगठनात्मक व्यवस्थापन, निर्वाचन चिह्न र जनयुद्ध शब्दको विषयमा अड्डी लिँदा एकता घोषणा हुन नसकेको हो ।

९ वैशाखमा एकता घोषणा नभएपछि अब एकता कहिले हुने भन्ने समेत अन्योल बनेको छ । कम्युनिस्ट स्थापना दिवसको दिन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले अब एकता तिथि मिति तोकेर नहुने भन्दै जुन दिन एकता हुन्छ भनिन्छ त्यो दिन नहुन सक्ने र जुन दिन हुन्न भनिन्छ त्यो दिन ड्याम्मै हुने भन्दै कार्यकर्ता माझ एकता जुनसुकै दिन हुन सक्ने सन्देश प्रवाह गरेका थिए ।
राजधानीबाट

Logo