पोखरा

संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणको लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ माग गरेका छन् । "/>

प्रदेश नं.४ : प्रदेशसभा सांसदले मागे ५० लाख !

प्रदेश नं.४ : प्रदेशसभा सांसदले मागे ५० लाख !

केन्द्रबिन्दु
0
Shares

पोखरा

संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणको लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ माग गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको लागि भन्दै प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट नै रकम छुट्याउनु पर्ने माग राखेका हुन् ।

बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभामा पेश गरेको विनियोजन विधेयक माथि छलफलमा बोल्ने प्रदेशसभा सदस्यहरुले सरकारले मात्रै सबै क्षेत्रको विकास गर्न नसक्ने भन्दै पहिलो बजेटमा नै निर्वाचन क्षेत्र र सांसद विकास कोषको लागि रकम विनियोजन गर्न माग राखेका हुन् ।

छलफलमा बोल्ने क्रममा कांग्रेसका प्रदेशसभा सदस्य दोबाटे विश्वकर्माले विकास निर्माणका योजनालाई कार्यान्वयन गर्न तत्काल नै ५० लाख दिईनु पर्ने माग राखे । प्रदेश सरकारले बजेट ल्याउनु पूर्वको प्रि–बजेट छलफलमा सदस्यहरुले शुक्रबार पनि धारणा राख्नेछन् । शुक्रबारको प्रदेशसभाले यसलाई थप छलफल गरि टुंग्याउँनेछ ।
नागरिकबाट

Logo